ठेला देखि व्यवसायी सम्मको माया पाउँदै अकल बम

  ।   २०७९ कार्तिक १९, शनिबार २३:३९


नेपालगन्ज । बाँके क्षेत्र नं. २ (ख) माओवादी केन्द्र तर्फका उम्मेदवार अकल बहादुर बम सडकमा व्यापार गर्ने ठेला देखि ठूलो व्यवसायी सम्मबाट माया पाउदै लोकप्रिय बन्न थाल्नु भएको छ ।

आसन्न मंसिर ४ गते सम्पन्न हुने चुनावी दौडाहाका क्रममा उम्मेदवार बम चर्चित हुँदै जान थाल्नु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा बमलाई मतदान गर्न २ (ख) का जनता आतुर रहेको सनिवार नेपालगन्ज-२ का व्यवसायीले बताए । व्यवसायीका अनुसार बम नयाँ उम्मेदवार र एक उच्च इमानदार नेताका साथै व्यवसायी भएकोले पनि बमलाई मतदान गर्ने बताइएको छ । पुर्व प्रदेश सभा सदस्य तथा बनमन्त्री सुरेन्द्र हमाल कै वाडमा बमलाई ठूलो स्वागत भएपछि एकएक बमको पक्षमा माहोल तातिएको छ । उम्मेदवार बम सफल व्यवसायीका साथै लामो समयदेखि राजनीतिक क्षेत्रमा अब्बल व्यक्तिको रुपमा चिरपरिचित हुनुहुन्छ ।

दैनिक चुनावी मैदानमा उत्रनु भएका बम २ (ख) का जनताको घरदैलो मै पुगेर मत माग्न थाल्नु भएको छ । चुनाव प्रचारप्रसार समितिका संयोजक माओवादी केन्द्रका प्रदेश सदस्य नवीन शर्माका अनुसार राती ११ बजेसम्म चुनावी प्रचारप्रसारमा खटिने गरेको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन शाहीले भन्नुभयो ´ यसपटकको जित माओवादी तर्फका उम्मेदवार अकल बमको नै हो । उहाँ नै भिजन भएको नेता हो जनताले बताउन थालेका छन् । उहाँको पक्षमा जनलहर तातिएको छ ।` यस्तै माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिति सचिव डिल्ली बराल (अमिर) ले जनलहर अकल बहादुर बमको पक्षमा रहेको बताउनु भयो ।         

Next Post

क्रान्तिकी नायिका विकास मोडेल नमुना

२०७९ कार्तिक १९, शनिबार २३:३९
नेपालगन्ज । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए । २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्ध सुरु भएको थियो । हो, यही जिल्लामा […]