क्रान्तिकी नायिका विकास मोडेल नमुना

  ।   २०७९ कार्तिक २०, आईतवार ११:३६

नेपालगन्ज । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए । २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्ध सुरु भएको थियो । हो, यही जिल्लामा जन्म भएको थियो निवर्तमान लुम्बिनी प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रकी युवा नेतृ कृष्णा केसी (नमुना) को । सामान्य परिवारमा जन्मिएकी नमुनाले आधारभूत शिक्षा मात्र रुकुममा लिइन् । २०४८ सालमा उनका बुवा चन्द्रबहादुर खत्री परिवारसहित बाँकेको राप्तीसोनारी गाउँपालिका-९ ढकेरीमा बसाइँ सरेर आए । यँही खेतीपाती सुरु गरे । अनि नमुनाको शिक्षा यहीबाट अगाडि बढ्यो । त्यतिबेलाको राप्तीपारि उनका आँखै अगाडि झल्किन्छ । नझल्कियोस् पनि कसरी, जहाँ उनले संघर्षका पाइलाहरु उचालिन् । जसले विकास प्रेमी भावना जागृत गर्‍यो । व्यवस्था परिवर्तन मात्र होइन, अवस्था बदल्न सहास र आट पैदा गर्‍यो । अनि उनले जीवन संघर्षशील बनाइन् । हरेक उतारचढावबीच यात्रा गरिन् । त्यसैले पनि उनलाई यो क्षेत्रको समृद्धि चाहान्छिन  । भनिन्छ, ‘जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिका लागि खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्छ ।’ यसको एउटा उदाहरण हुन्, उनै जनप्रिय नेतृ नमुना ।

‘हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं’ यही भनाइसँग उनको विकासप्रेमी भाव मिल्दोजुल्दो छ । विकास र सामाजिक कामका लागि भोलि भनेर पर्खिँदैनिन् । किनकी भोलि भोलिनै हो । त्यो आउँदैन । त्यसैले उनी आजबाट काम सुरु गर्छिन् र सफलता प्राप्त गर्छिन् ।
माध्यमिक तहदेखि नै उनी सांगठनिक रुपमा आबद्ध भएकी थिइन् । त्यतिबेला विद्यार्थीका हकहितका पक्षमा शसक्त आवाज उठाउँथिन् ।  यहाँका बासिन्दाले आफ्नो समस्या र वास्तविक पीडा बुझ्ने नेता नपाउँदा नमुनालाई अगाडि सारेको थियो । २०४७ देखि उनी राजनीतिमा आबद्धता भएकी थिइन् । तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा उनी सुरुदेखिनै जोडिइन् । काम गरिखाने मान्छे र बसी खाने मान्छेबीचको खाडल अन्त्यसँगै विभेद्, शोषक वर्गको अन्त्यका लागि उनी जनयुद्धमा सहभागी भइन् । त्यतिबेला उनी बाँकेमै रहिन् । विशेषतः नेपालगन्ज हेर्ने जिम्मा पार्टीले उनलाई दिएको थियो । ‘काम गरी खाने वर्गलाई जहिले पनि खान नपुग्ने । बसी खाने वर्गलाई कामै नगरी खान पुग्ने,’ उनले भनिन्, ‘यो खाडलको अन्त्य गर्न मैले विद्रोह गरेको हुँ ।’ सानै उमेरमा उनी परिवर्तनका लागि मैदानमा उत्रिएकी थिइन् ।

राप्तीपारि (हालको राप्तीसोनारी र नरैनापुर) का लागि नमुनाको योगदान नहुँदो तः बदलिँदो कसरी । सडक, बिजुली, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका हिसाबले यी क्षेत्र दुर्गम थिए । उनै नमुनाको नेतृत्वदायी भूमिकाले दुर्गमबाट सुगमको परिचय बनाउँदैछ
<span;>राप्तीपारि । अहिले दुईवटा राजमार्ग जोडिएका छन् । शिक्षामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ । विद्यालय नभएका ठाउँमा विद्यालय छन् । शिक्षक नहुने विद्यालयमा शिक्षकको व्यवस्थापन गरिएको छ । विद्यार्थीहरु विद्यालय आउन सक्ने वातावरण सिर्जना भएको छ । पूर्वाधार निर्माणले गति लिएको छ । पुलपुलेसा, मोटर बाटाहरु निर्माणले तिव्रता पाएका छन् । नरैनापुरका एक ठाउँबाहेक सबै गाउँ सडक सञ्जालसँग जोडिएका छन् । व्यक्ति एक, विकास अनेकका रुपमा नमुनाले आफूलाई स्थापित गरेकी छिन् । ‘कृषिमा क्रान्ति भएको छ,’ उनी भन्छिन्, ‘पर्यटनमा पनि उस्तै उपलब्धि हासिल गरिएको छ ।’ जनता, यहाँका राजनीति दलको साथ र सहयोगमा उनले पहिलो चुनाव जितिन् । त्यो पहिलो अवसरलाई उनले यसरी नेतृत्वमा परिणत गरिन्, जसले रातारात उनको नेतृत्व विकास सफलताको सिढी चढ्न थाल्यो । उनी भन्छिन्, ‘जनताले मलाई विश्वास र भरोसा राख्नुभएको छ । म त्यो भरोसा र विश्वासलाई कुठाराघात गर्दैन ।’ २०७४ सालको प्रदेशसभा सदस्यमा यस क्षेत्रका बासिन्दाले नमुनालाई परीक्षणका लागि जिताएका थिए । यो परीक्षणकाल उनले सफलतापूर्वक जनताको विश्वास र भरोसालाई निराशामा बदल्ने मौका दिइनिन् । खासगरि समाजको पीधमा रहेको वर्ग, समुदायको सेवक भएर काम गरिन् । अझ विश्वासको पात्रका रुपमा आफूलाई उभ्याइदिइन् । ‘जति मतदान गरे पनि गाउँको मुहार उस्तै । गाउँको विकास नहुँदा आजित भएका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुले मलाई एकपटक परीक्षण गर्नलाई मत दिनु भएको थियो,’ उनले भनिन्, ‘वर्षाैंदेखि विकास हेर्न प्रतीक्षा गरिरहेका बासिन्दाका लागि मैले आफ्नो जीवन समर्पण गरे ।’ बर्सेनि आउने विपद्को समय मात्र होइन, महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को बेला पनि उनले अभिभावकीय भूमिका निर्वाह गरिन् । राहत वितरणदेखि लिएर स्वास्थ्यकर्मी, क्वारेन्टाइन, अक्सिजन, आइसोलेसनलगायतका व्यवस्थापनमा देखाएको भूमिका अहिले पनि नरैनापुरवासी तारिफ गर्छन् । नमुना अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज छिन् । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा नमुना उनको सचिवालयमा बसेर काम गरेकी थिइन् ।                   

Next Post

भोट माग्दै गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी)

२०७९ कार्तिक २०, आईतवार ११:३६
संवाददाता, मधुवन, बर्दिया । थारु भाषाका गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी) ले आफु प्रदेश सभा सदस्यमा निर्वाचित भए कलासंस्कृतिको संरक्षण र विकासका लागी बिशेष पहल गर्ने बताउनुभएको छ । अहिले निर्वाचन प्रचार प्रसारका लागी जनताको घरदैलोमा पुगीरहनुभएका प्रदेशीले आफु वास्तविक किसानको छोरा भएकोले कृषि सम्बन्धीका विभिन्न समस्या समाधान गर्न, बजारीकरण, […]