अपराधीलाई कानुनी कार्वाही नगेरे आन्दोलनमा उत्रिने पत्रकार महासंघ बाँकेको चेतावनी

  ।   २०७८ असार १४, सोमबार २३:११

बाँके । पत्रकार हेमन्त चौधरीलाई कुट्ने गिरोहलाई तत्काल कार्वाही होस भन्दै पत्रकार महासंघ बाँकेले प्रेस बिज्ञप्ति जारी गरेको छ । कुटपिट गरि अभद्र व्यवहार गरेको दुई महिना बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको प्रति महासंघ बाँकेको ध्यानाकर्षण भएको बिज्ञप्तिमा लेखिएको छ ।

गत चैत १६ गते राप्तिसोनारी गाउपालिका वडा नं। ३ मा आयोजना गरिएको एक कार्यक्रममा पत्रकार चौधरीलाई ज्यान मार्ने धम्की दिदै कुटपिट गरिएको थियो । कुटपिट पछि पत्रकार चौधरी उपचारका लागि लखनउ जानुभएको थियो । कुटपिट लगतै चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा कुटपिट तथा अभद्र व्यवहार सम्बन्धि मुद्दा किटानी जाहेरी दिनुभएको थियो । मुद्दा जाहेरी दिएको लामो समय बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु र पक्राउ गरेको अपराधीलाई सजिलै बिना कागज छोड्नु अपराधीलाई अपराध गर्न प्रश्रय दिएको भन्दै पीडित चौधरीले बताउनु भयो ।

महासंघ बाँकेले अपराधीलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन नसके तत्काल आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । पत्रकार महासंघ बाँके द्वारा जारी प्रेस बिज्ञप्तिको पुर्ण अंश :

Next Post

बैंक मार्फत बिना धितो सौलियत कर्जा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध : अध्यक्ष मान बहादुर रुचाल ठकुरी

२०७८ असार १४, सोमबार २३:११
बाँके (बैजनाथ) । बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखाको आयोजनामा मंगलबार धान दिवस कार्यक्रम बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीको प्रमुख आतिथ्यमा धान दिवस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रुचालले मानो रोपेर मुरि फलाउने दिन किसान दाजुभाइ हरुका लागि विशेष दिन भएको उल्लेख गर्नुभयो । […]