भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

  ।   २०७८ श्रावण १८, सोमबार ०७:१३


एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० र ब्राजिलमा २० हजार ५०० जना कोरोना संक्रमित फेला परेका छन्। यससँगै विश्वभर ४ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

यो अवधिमा इन्डोनेसियामा १ हजार ६०४, रसियामा ७८९, मेक्सिकोमा ४५० तथा ब्रजिलमा ४४९ सहित विश्वभर ७ हजार १७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट विश्वभर मृत्यु हुनेको कुल संख्या ४३ लाख ३९ हजार ६०० पुगेको छ।

Next Post

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ?

२०७८ श्रावण १८, सोमबार ०७:१३
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ । “पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ,” माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भन्नुभयो । आइतबारको स्थायी कमिटी बैठकपछि […]