कोरोनाबाट बाँकेका एक ४० वर्षीय पुरुषको मृत्यु, मृतक संख्या ३२ पुग्यो

  ।   २०७७ कार्तिक १६, आईतवार १७:१२

बाँके । बाँकेमा कोरोनाका कारण ४० वर्षीय पुरुषको आइतबार मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहनु भएका खजुरा गाउँपालिका वडा नं. ३ का ४० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

कोरोना सङ्क्रमितको उपचारमा धरौटी नलिन सरकारी अस्पताललाई सरकारको निर्देशन

२०७७ कार्तिक १६, आईतवार १७:१२
काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमितको उपचारको लागि धरौटी रकम नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सक्नेबाट शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको भन्दै अस्पतालहरुलाई धरौटी नलिन निर्देशन दिइसकेको बताउनुभयो । कतिपय अस्पतालहरुले धरौटीसम्बन्धी सूचना निकालेको भन्दै […]