संवाददाता, नेपालगंज ।
बाँकेमा कोरोना संक्रमितहरुको संख्या ४ हजार ६ सय ११ जना पुगेको छ ।
सोमबार रातीे जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले सार्वजनिक गरेको विवरण अनुसार निको हुनेहरुको संख्या भने ४ हजार ४ सय ९१ जना पुगेको छ ।
कोभिड सगँ सम्बन्धित कारणले बाँकेका ५१ जना ब्यक्तिहरुको ज्यान गएको छ ।
यस्तै कोरोना संक्रमित भई उपचारका लागी बाँके जिल्लामा आई ज्यान गुमाएका ब्यक्तिहरुको संख्या भने ८६ जना रहेको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।
बाँकेमा रोगको प्रकोप दर ०.७६ प्रतिशत रहेको छ । संक्रमितको मृत्युदर १.११ प्रतिशत र निको हुने दर ९७.४० प्रतिशत रहेको छ ।