बाँके । बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ ।
मृतक सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारे निवासी ५८ वर्षीया पुरुष हुन् ।
यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या ११ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
निज कर्तव्य ज्यान केशमा कैदीबन्दी रहेको र उपचारका लागी सुर्खेतबाट बाँके कारागार मार्फत पठाईको थियो ।
बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाको ठेगाना भएका कोभिड– १९ को संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ ।





