आजदेखि शुक्रबारसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने, चट्याङ र हावाहुरीको सम्भावना

  ।   २०७७ आश्विन ५, सोमबार ०७:५३

काठमाण्डौ । आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । प्रदेश नम्बर १ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ । राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश ५ का केही ठाउँमा हावाहुरीसमेत आउने सम्भावना छ ।

यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । अरु ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिन नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । उज्यालो अनलाइन

Next Post

Death of the legendary 'Snow Leopard'

२०७७ आश्विन ५, सोमबार ०७:५३
Nepalganj: Mountaineer Angrita Sherpa, nicknamed ‘Snow Leopard’, has died. According to Angchiring Sherpa, former president of the Nepal Mountaineering Association, Angrita Sherpa passed away at her daughter’s house in Jorpati on Monday morning. He was suffering from liver and brain related problems. Sherpa, who successfully climbed Mt. Everest 10 times […]

सम्बन्धित शीर्षक