कक्षा १२ को परीक्षा साउन अन्तिम साता

  ।   २०७८ असार २०, आईतवार ०७:१६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गर्नुभयो । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । B

Next Post

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरो र डुबानको भने खतरा

२०७८ असार २०, आईतवार ०७:१६
काठमाण्डौ । लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना […]