मधुवनमा बाल र मानव अधिकारकालागि सक्रिय कदम चाल्ने सरोकारवालाहरुको सामूहिक प्रतिबद्धता

  ।   २०८२ जेष्ठ १९, सोमबार १९:०४

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा बालबालिका तथा मानव बेचबिखन सम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरपुस्ता संवाद आयोजना गरिएको हो ।

संवाद कार्यक्रममा प्रहरी, स्थानीय सरकारका प्रतिनिधिहरू, समुदायका अगुवा, युवाहरू तथा नागरिक समाजका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो संवाद कार्यक्रमको सहजीकरण इन्द्र चुनाराले गर्नुभएको थियो । कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा संवेदनशील समूहहरूको सुरक्षा गर्न विभिन्न समाधानहरू खोज्न सहयोग गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

अन्तरपुस्ता संवादमा सहभागीहरूले आफ्ना अनुभवहरू खुलस्त रूपमा साझा गर्नुका साथै समस्याका मूल कारणहरूबारे छलफल गरेर समुदायमा आधारित रोकथाम तथा संरक्षणका रणनीतिहरूको खोजी समेत गरेको सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले बताउनुभयो ।

उहाँका अनुसार सो कार्यक्रमले विभिन्न निकायबीचको बलियो समन्वय, स्थानीय तहमा जनचेतना अभिवृद्धि, र मानव बेचबिखन विरुद्ध युवाहरूको संलग्नताको आवश्यकतामाथि बिशेष जोड दिएको थियो ।

उक्त संवाद कार्यक्रममा सहभागीहरूले बालबालिकाको सुरक्षाकालागि र मानव अधिकारको संरक्षणकालागि सक्रिय कदम चाल्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेको परियोजना संयोजक बिकले बताउनुभयो ।

Next Post

जीवन उपयोगी सीप र जलवायु न्याय क्लब सम्बन्धी तालिम खजुरामा शुरु

२०८२ जेष्ठ १९, सोमबार १९:०४
सागर भाण्डारी खजुरा – बालिका शिक्षा कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका १६ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि तीन दिने तालिम सोमबारदेखि सुरु भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्वारा आयोजित तालिम खजुरा गाउँपालिकामा संचालन भएको हो। उद्घाटन सत्रमा बोल्दै […]

सम्बन्धित शीर्षक