राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने खाँ पक्राउ

  ।   २०८० मंसिर २३, शनिबार १९:०६

नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा फहद खाँलाई पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२ नहरपुर्वाका खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

खाँले नेपालगन्ज उपमहानगरपालिका-१७ का प्रदीप वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको उहाँले जानकारी दिनुभयो । खाँले २०८० भदौ ३ गते वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनेर २६ हजार रुपियाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार खाँले सरकारी छापको किर्ते गरेर नक्कली नियुक्ति पत्र समेत दिई काममा लगाएर तलब नदिएपश्चात् वर्माले प्रहरीलाई सूचना गरेका थिए । खाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

वर्माले अरू कोही कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

Next Post

६९ जनाले लिए स्थायी बन्ध्याकरण सेवा

२०८० मंसिर २३, शनिबार १९:०६
नेपालगन्ज । स्वास्थ कार्यलय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिएका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिनुभएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका […]