६९ जनाले लिए स्थायी बन्ध्याकरण सेवा

  ।   २०८० मंसिर २३, शनिबार १९:०९

नेपालगन्ज । स्वास्थ कार्यलय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिनुभएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घुम्ती शिविरमा ६२ जना महिला र सात जना पुरुष गरी ६९ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको हो ।

शुक्रबार नगर अस्पताल कोहलपुरमा सञ्चालित शिविरमा १८ महिला र दुई पुरुष गरी २० जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार यसअघि राप्तीसोनारी –४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जना, गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना, राप्तीसोनारी –६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जना र डुडुवा गाउँपालिका २ स्थित बेतहनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा सात जना महिलाले बन्ध्याकरण गर्नुभएको थियो ।

सूचना अधिकारी श्रेष्ठका २४ गते नौबस्ता स्वास्थ्य चोकी, २६ गते सम्झनाचोकस्थित बजार व्यवस्थापन समितिको भवन, २८ गते प्राथमिक स्वास्थ्य केन्द्र खजुरा, ३० गते बेलभार स्वास्थ्यचौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालयले मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

खानेपानी परीक्षणका लागि नमुना सङ्कलन

२०८० मंसिर २३, शनिबार १९:०९
नेपालगन्ज । बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध पिउने पानीको अवस्थाका बारेमा अवगत गराउन विभिन्न सार्वजनिक स्थानमा प्रयोग हुने खानेपानीको परीक्षणका लागि शुक्रबार नमुना सङ्कलन कार्य गरिएको […]