न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

  ।   २०८१ जेष्ठ ४, शुक्रबार १५:०९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

१६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो ।

“न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”

लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्छ भन्नुभयो ।

नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्र्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एशोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताउनुभयो ।

संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्त्वपूर्ण भूमिका खेको छ ।”

संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारेको साहस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्त्वपूण रहेको छ भन्नुभयो ।

Next Post

युनेस्को बाँकेद्धारा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि

२०८१ जेष्ठ ४, शुक्रबार १५:०९
नेपालगन्ज, । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा एकीकृत पाठ्यक्रम बिकास तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित (स्टीम) शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत क्लबले सो कार्यशालाको आयोजना गरेको हो । उक्त कार्यशालामा गुलरिया, मधुवन नगरपालिका […]