जर्मनीको एउटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी लगाएको खुलासा

  ।   २०७८ श्रावण २९, शुक्रबार १८:०८

एजेन्सी । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी तर त्यहाँ अरू धेरैलाई कोरोनाविरुद्धको खोप भनेर सलाइन पानी लगाइदिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सलाइन लगाइदिएको खोप केन्द्रमा गएर खोप लगाएका आठ हजार पाँच सय ५७ जना मानिसलाई दोहोर्‍याएर खोप लगाउन भनिएको बीबीसीले जनाएको छ । प्रभावितमध्ये धेरैजसो ७० वर्षभन्दा माथि उमेर भएका जोखिम समूहका मानिसहरू भएको बताइएको छ ।

कोरोनाविरुद्धको खोप भन्दै सलाइन लगाइदिने ४० वर्षीया स्वास्थ्यकर्मीले कोरोनाबारेमा नकारात्मक टिप्पणी गर्नुका साथै भाइरसको सङ्क्रमण रोक्न गरेको प्रतिबन्धहरूको आलोचनासमेत गरेको प्रहरीले जनाएको छ ।

Next Post

कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि दोस्रो मात्रा लगाउँदा पनि उत्तिकै प्रभावकारी हुने

२०७८ श्रावण २९, शुक्रबार १८:०८
काठमाण्डौ । सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने भन्दै ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो मात्रा लगाएको लामो समय पछि […]