एक सातापछि नेपालगञ्जमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

  ।   २०८० आश्विन २३, मंगलवार १४:३१

नेपालगन्ज ।नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गर्नुभएको हो ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो । गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै नेपालगन्जमा मानिसहरुको चहलपहल पहिलेकै अवस्थामा रहेको देखिएको छ ।

Next Post

इजरायलबाट नेपाल फर्कन चाहानेहरुको विवरण संकलन , दुई विमान तयारी अवस्थामा

२०८० आश्विन २३, मंगलवार १४:३१
नेपालगन्ज । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराउनु भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उहाँले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको […]

सम्बन्धित समाचार