इजरायलबाट नेपाल फर्कन चाहानेहरुको विवरण संकलन , दुई विमान तयारी अवस्थामा

  ।   २०८० आश्विन २३, मंगलवार १५:५५

नेपालगन्ज । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उहाँले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताउनु भयो । मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनकाे हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ  युद्धको अवस्था रहेको बताउदै इजरायलमा ४५ सय केयर गिभर र दुई सय ६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराउनु भयो ।

४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको उहाँको भनाइ छ । यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उहाँले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गराइएको जानकारी दिनुभयो ।त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताउदै  मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताउनुभयो ।

नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि  साउदले जानकारी गराउनुभयो । राजदूतले तेल अबिबकाे विमानस्थल सञ्चालन भइरहेकोले उद्धारका लागि सहज अवस्था रहेको र राजदूतले इजरायल सरकारको परिस्थिति नियन्त्रणमा आइसकेको र स्वदेश फर्कन चाहनेका लागि समन्वय गर्ने बताएको परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।
(रातोपाटिबाट)

Next Post

कर्णालीको भेडाच्याङ्ग्रा बिक्री गर्न गण्डकी प्रदेशको म्याग्दीसम्म

२०८० आश्विन २३, मंगलवार १५:५५
नेपालगन्ज । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार […]

सम्बन्धित समाचार