माओवादी बर्दियाको इतिहास : प्रत्यक्ष तर्फ टिकट पाउने दोस्रो महिला अन्जु दहित

  ।   २०७९ कार्तिक १५, मंगलवार १६:०९

प्रेम विश्वकर्मा, बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दियाको इतिहासमै दोस्रो पटक महिलाले प्रत्यक्षमा टिकट पाएपछि महिलाहरु खुसी भएका छन ।

आदीबासी जनजाति थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा माओवादीले सबै महिलाको प्रतिनिधित्व हुने गरी टिकट दिएर नीति निर्माण तहमा महिला नेृतत्व बढाउन र सहभागी हुने अवसर अन्जु दहितलाई दिएको हो ।

आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा दहितलाई नेकपा माओवादी केन्द्रले बर्दिया निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेश सभाको प्रत्यक्ष तर्फ उम्मेदवार बनाएको छ । यसमा सत्ता गठबन्धनको साझेदारी पनि रहेको छ ।

४० बर्षिया अन्जु दहित यतिबेला आफना कुरा लिएर जनताको घरदैलोमा पुगीरहनुभएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्ग बहादुर विश्वकर्मा (अविरल) ले जानकारी दिनुभयो ।

अन्जु दहित यसअघि बारबर्दिया नगरपालिकाको नगरउपप्रमुख समेत हुनुहुन्थ्यो । प्रदेश सभा १ (ख) का उम्मेदवार अन्जु दहितले ३० देखी ३२ हजार मत प्राप्त गर्ने आफनो आंकलन गरिएको बताउनुभयो ।

माओवादीले यसअघि बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्दै विसं. २०६४ को पहिलो संविधान सभा निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट सरला रेग्मीलाई दिएको थियो । त्यस यता प्रत्यक्ष तर्फ महिलाले टिकट पाउन सकेका थिएन्न । तर समानुपातिक तर्फ भने ४ जनाले अवसर प्राप्त गरेको देखिएको छ ।

संसदीय राजनीतिक अभ्यासमा माओवादी केन्दले नीति निर्माण तहमा महिला नेतृत्व पु¥याउन यस पटक बर्दिया जिल्लामा गरेको प्रयासलाई चासोका साथ हेरिएको छ । तर माओवादीले पटक–पटक थारु समुदायकै ब्यक्तिलाई मात्र अवसर दिएको, विभिन्न कालखण्डमा दलित, सिमान्तकृत तथा पछाडि पारिएका समुदायका ब्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतका ब्यक्तिलाई अझै समेटन नसकेको भन्दै केही असन्तुष्टि भने कायममै छ ।

माओवादीको इतिहास :

  • विसं. २०५२ साल फागुन १ गतेदेखी जनयुद्ध शुरु ।
  • विसं. २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता ।
  • विसं. २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान प्रारम्भ

बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्तरिम ब्यवस्थापिका गठन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्ने ब्यक्ति-सांसदहरु :

१. राम चरण थारु (प्रत्यक्ष)
२. मोतिदेवी चौधरी (समानूपातिक)

विसं. २०६४ चैत्र २८ गते, पहिलो संविधान सभा निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्ने ब्यक्ति-सांसदहरु : 
१. सरला रेग्मी (निर्वाचन क्षेत्र नम्बर १) प्रत्यक्ष
२. विष्णु प्रसाद चौधरी (निर्वाचन क्षेत्र नम्बर २) प्रत्यक्ष
३. सन्त कुमार थारु (निर्वाचन क्षेत्र नम्बर ३) प्रत्यक्ष
४. राम चरण थारु (निर्वाचन क्षेत्र नम्बर ४) प्रत्यक्ष
५. सुन्दरा थारु (समानुपातिक)

विसं. २०७० मंसिर ४ गते, दोस्रो संविधान सभा निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्ने ब्यक्ति-सांसदहरु :

१. भुवन कुमार चौधरी (निर्वाचन क्षेत्र नम्बर १) प्रत्यक्ष (पराजित)
२. तिलक राम शर्मा (हिमाल) (निर्वाचन क्षेत्र नम्बर २) प्रत्यक्ष (पराजित
३. सन्त कुमार थारु (निर्वाचन क्षेत्र नम्बर ३) प्रत्यक्ष (बिजयी)
४. मान बहादुर थारु (निर्वाचन क्षेत्र नम्बर ४) प्रत्यक्ष (बिजयी)

विसं. २०७४ प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्ने ब्यक्ति-सांसदहरु :

१. निर्वाचन क्षेत्र नम्बर १ (ख) प्रदेश सभा तिलकराम शर्मा (हिमाल) प्रत्यक्ष
२. निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सन्तकुमार थारु प्रत्यक्ष
३. निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभा दिपेश थारु प्रत्यक्ष
४. लौटी थारु प्रदेश सभा समानुपातिक

विसं. २०७९ प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्ने ब्यक्ति-सांसदहरु :

१. निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा अन्जु दहित प्रत्यक्ष
२. निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सुरेश पन्थ प्रत्यक्ष
३. निर्वाचन क्षेत्र नम्बर २ (ख) मान बहादुर थारु प्रत्यक्ष
४. गायत्री थारु प्रतिनिधि सभा (समानुपातिक)
५. कृष्ण कुष्मी थारु प्रतिनिधि सभा (समानुपातिक)
६. नन्कौ गोडिया प्रदेश सभा (समानुपातिक)

 

Next Post

भारतमा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याईयो

२०७९ कार्तिक १५, मंगलवार १६:०९
संवाददाता । भारतले अन्य ई–वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा […]