आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो, चेन्नई ५ विकेटले पराजित

  ।   २०७७ कार्तिक २, आईतवार ०७:००

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ ।

दिल्लीको यो सातौं जित हो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ । उज्यालो अनलाइन

Next Post

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

२०७७ कार्तिक २, आईतवार ०७:००
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घ सहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको […]