रमवापुरमा राँगा, भैसी खरिद विक्री गर्न, पशु हाट बजार संञ्चालन

  ।   २०७८ फाल्गुन २३, सोमबार १३:३४

प्रेम विश्वकर्मा, जानकी, बाँके ।

कोभिड–१९ को संक्रमण दर घटे सगैं स्थानीय स्तरमा मेला, महोत्सव तथा हाट बजारहरु फेरी संञ्चालन हुन थालेका छन ।

कोभिडको कारण लामो समयदेखी संञ्चालन हुन नसकेको बाँकेको जानकी गाउँपालिका ३, रमवापुरमा पनि पशु हाट बजार संञ्चालन गर्न थालीएको हो ।

साप्ताहिक रुपमा प्रत्येक शनिबारका दिन संञ्चालन हुने मेला संञ्चालन हुन थालेपछि राँगा, भैसी खरिद विक्री गर्न इच्छुक ब्यक्ति, ब्यवासायिहरु पशु मेलामा आउन थालेको श्री पशु हाट बजार ब्यवस्थापन समितिका अध्यक्ष राम अचल कुर्मीले जानकारी दिनुभयो ।

बाँकेको जानकी गाउँपालिका ३, रमवापुरमा पशु हाट बजार विसंः २०५९ सालदेखी संञ्चालन गर्न थालिएको हो । ब्यक्तिगत करिब साढे ४ विगाह जति खाली जग्गामा पशु हाट बजार संञ्चालन हुदै आएको छ ।

पशु हाट बजार समितिका अनुसार एक जोडी राँगा, भैसी विक्री हुँदा ४ सय रुपैंया समिति र ५० रुपैंया जानकी गाउँपालिकाले राजस्व लिने गरेको छ ।

बार्षिक दुई, तीन लाख रुपैंया सम्म आम्दानी हुदै आएकोमा कोभिडले गर्दा राम्ररी मेला संञ्चालन हुन सकेन । र, अहिले आम्दानी पनि घटेको समितिले जनाएको छ ।

मेलामा आउजाउ गर्नेहरुको संख्या प्रत्येक सातामा बढ्दै गएको छ । तर खानेपानी, सार्वजनिक शौचालय, पशु स्वास्थ्य– सुरक्षा, ब्यवस्थित तारबार गर्न आर्थिक समस्या रहेको समितिले दाबी गरेको छ ।

यसैबीच, जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले आज मध्यान्न पख सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा अहिले कोरोनाको संक्रमण दर ६.१२ प्रतिशत रहेको छ ।

 

  • यो पनि हेर्नुहोस ।

नेपालमा ग्ल्यान्डर्स नामक हर्स डिजिज फेला

मान्छेमा पनि सर्ने उच्च जोखिम

Next Post

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर भित्र चम्कदै

२०७८ फाल्गुन २३, सोमबार १३:३४
नेपालगन्ज । नेपालगन्जका विभिन्न वडाहरुमा नेकपा माओवादी केन्द्रले कार्यक्रमहरु सम्पन्न गरेको छ । यसैक्रममा सोमबार पनि नेपालगन्जको ३ नम्बर वडामा तीनवटा जनवर्गीय संगठनहरु निर्माण गरिएको उपमहानगर अध्यक्ष रतन शाहीले जानकारी दिनु भयो । शहीको नेतृत्व संग नेपालगन्ज माओवादी केन्द्रको उपमहानगर समिति खरायो जस्तै चम्केको लुम्बिनी प्रदेश सदस्य नवीन शर्माले गुडन्युज […]