राप्रपाले फेरि सार्‍यो महाधिवेशन

  ।   २०७८ मंसिर ३, शुक्रबार ०७:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ।

यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ।

अब मंसिरकै १५, १६ र १७ गते महाधिवेशन हुने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्षहरूबीच छलफलपछि महाधिवेशन केही पर सारिएको थियो।

महाधिवेशन काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ।

साथै महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति पनि हेरफेर गरिएको छ।

मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यतालिका बनाए पनि अब मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने चुनाव हुने राप्रपाले जानकारी दिएको छ।

Next Post

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि

२०७८ मंसिर ३, शुक्रबार ०७:१८
काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको हो । […]

सम्बन्धित समाचार