कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

  ।   २०७७ कार्तिक ४, मंगलवार १८:२१

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।

आज विहान दुई अध्यक्षबीचको भेटमा सो सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो

त्यस्तै, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाले जानकारी गराउनुभयो । गोरखापत्र

Next Post

हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

२०७७ कार्तिक ४, मंगलवार १८:२१
गढी । गस्तीमा खट्नुभएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज अपराह्न पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित […]