चर्चित नेताका चर्चित काम दुई थान भेन्टिलेटर भेरी अस्पताल पुगे

  ।   २०७८ असार २, बुधबार १९:३२

बाँके । बाँके क्षेत्र नं. २ बाट निर्वाचित बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइले स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पतालमा आएका छन् ।

नेपालगन्जका विभिन्न क्षेत्रमा बिकास गर्दै आउनु भएका राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर बुधबार नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्राप्त भएको भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनु भयो ।

पुर्वमन्त्री राईले भेरी अस्पताललाई भेन्टिलेटर खरीदका लागि उक्त कोषमार्फत ४५ लाख रकम बिनियोजन गर्नु भएको थियो । त्यसैगरी, अक्सिजन रिफिलिङ्गका लागि ५० लाख रकम कोषमार्फत छुट्याउनु भएको थियो ।

Next Post

चुलो देखि चिहान ब्यबस्थापनमा सारथी बन्यो कोहलपुर माओवादी केन्द्र

२०७८ असार २, बुधबार १९:३२
चुलो देखि चिहान ब्यबस्थापनमा सारथी बन्यो कोहलपुर माओवादी केन्द्रिय यसैले त माओवादी भन्न गर्व लाग्छ: युवा नेता न्यौपाने बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कोहलपुरले चौतर्फी रुपमा सेवा गर्दै आएको छ । पार्टीले आफ्ना नेताकार्यकर्तालाई कोरोना जस्तो महामारीको बेला कोरोनाले मृत्यु बरणमा परेकाहरुको सब ब्यबस्थापन देखि खाना नपाएका सर्वसाधारणहरुको […]