बाँके ओभरीमा रहेको अर्जुनवाण गणद्वारा जेष्ठ नागरिकहरुलाई भोजन दान

  ।   २०८० कार्तिक ८, बुधबार २२:४२

नेपालगन्ज । चाडपर्वको समयमा सबैजनाले आ–आफ्ना आफन्तहरुसँग बसेर रमाइलो गरेर पर्व मनाउने गर्दछन् । अझ दसैंमा त झनै टाढा टाढा रहेकाहरु आफन्त खोज्दै एकाठाउँमा भेला भएर एकआपसमा खुसी साटासाट गरेर विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।

तर कोही पनि आफ्ना नभएकाहरु पनि यो समाजमा रहेका छन् । आफ्ना भए पनि घरबार विहीन भएका वृद्धवृद्धाहरुलाई नेपाली सेनाले भोजन गराएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका ५ स्थित एनसिसीस्थित नीलसागर सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुले मङ्गलबार दसैंका दिनमा एकदिन भए पनि आफन्त भेटेको महसुुस गरेका छन् । दसैंका दिनमा एकदिन भए पनि भोजन गराएका हुन्

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले मङ्गलबार आश्रित जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।

चाडबार्डको अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई एक्लोपनको महसुस नहोस् भन्नका लागि खानाको व्यवस्था गरिएको श्री अर्जुनवाण गणका गणपति एवम् नेपाली सेनाका प्रधान सेनानी अशोक खड्काले बताउनुभयो ।

‘चाडपर्व भनेको आफ्ना आफ्न्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्ति नभएकाहरुको बसाई हुन्छ र उहाँहरुलाई आफन्तको कमीको महसुस नहोस् भन्नका लागि हामीले बडा दसैंको दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौं ।’ गणपति खड्काले भन्नुभयो ।

राझाँस्थित चारवाहीनी अड्डाका वाहिनिपति एवम् सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित नीलसागर आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निस्वार्थ भावमा मानव सेवामा समर्पित नीलसागर प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुबेदीले आश्रम सञ्चालन राज्यको दायित्व भएको बताउँदै राज्यले गर्नु पर्ने काम नीलसागर संस्थाले निस्वार्थ भावमा गरेको भन्दै उक्त संस्थालाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

‘जेष्ठ नागरिकको दायित्व राज्यको हो । तर पनि राज्य यसरी निरीह बनिरहँदा नीलसागर जस्ता संस्थाले हाम्रो नगरमा अलपत्र परेका जेष्ठनागरिकलाई आफ्नो संस्थामा राखेर संरक्षण गरेको छ ।’ उहाँले भन्नुभयो, ‘निस्वार्थ भावमा सेवा गरिरहेको यस संस्थालाई नगरपालिकाको सहयोग रहनेछ ।’

एपप्रमुख सुबेदीले फजुल खर्च गरेर मनाईने जन्मदिन र वैबाहीक वर्ष गाँठबाट केही रकम छुट्टयाएर आश्रित जीवन बिताई रहनु भएका जेष्ठ नागरिकका निम्ति सेवा भावमा समर्पित नीलसागर आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।

बाँकेमा केन्द्रिय कार्यालयको रुपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरु काठमाण्डौ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ ओटा जिल्लामा सञ्चालित रहेका छन् ।

सोही शाखाअन्तर्गत बाँकेको कोहलपुर शाखामा रहेका २८ जना ज्येष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसैंको दिन भोजन खुवाएको थियो । यसैबीच सोही गणले राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जय वागेश्वरी आश्रमका १२ जना बालबालिकालाई पनि भोजन गराएको थियो ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीसँगै राप्तिसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सालिकराम डाँगीको पनि सहभागीता रहेको थियो ।

Next Post

नेपालगन्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द

२०८० कार्तिक ८, बुधबार २२:४२
नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द गरिएको छ । हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो […]

सम्बन्धित समाचार