पुर्व सभामुख एमाले उपाध्यक्ष नेम्वाङको निधन

  ।   २०८० भाद्र २६, मंगलवार ०७:४९

काठमाडौं । प्रतिनिधि सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण सोमवार राती निधन भएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिनुभएको छ ।

सोमवार राती राति १ बजे हृदयघात भएपछि उहॉलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको थियो।

नेता नेम्वाङ २०५६ साल यता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उप नेता समेत हुनुहुन्थ्यो ।

इलामको सुन्तलाबारमा जन्मिनु भएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा २०२९ सालमा अनेरास्ववियुमा लागेर कम्युनिस्ट राजनीतिमा लाग्नु भएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ जेल समेत पर्नु भएको थियो ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।

२०५६ को निर्वाचन जितेर उहॉ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो ।

उहाँ जनआन्दोलन ०६२ र ०६३ सँगै पुनर्स्थापित संसदका सभामुख बन्नु भएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो ।

Next Post

बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवर्द्धन तालिम

२०८० भाद्र २६, मंगलवार ०७:४९
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो […]

सम्बन्धित समाचार