प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

  ।   २०८१ असार २८, शुक्रबार १४:५०

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराउनुभयो ।

Next Post

सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धता गरेका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भयो : प्रधानमन्त्री

२०८१ असार २८, शुक्रबार १४:५०
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताउनुभयो । “मैले संकल्प गरेको थिएँ, […]