बीमा पीडित संघर्ष समिति पुग्यो स्थानीय प्रशासन

  ।   २०७९ आश्विन ९, आईतवार १५:१४

संवाददाता, नेपालगंज

विभिन्न प्रलोभन दिई ठगी गर्ने बीमा कम्पनी र एजेन्टहरुलाई कारबाही गर्नुपर्ने माग सहित बीमा पीडित संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

संयोजक जि.आर. भुषाल नेतृत्वमा गएको बीमा पीडित संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाउदै न्यायका लागी ६ बुँदे माग अघि सारेको छ ।

जसमा नियम बमोजिम पाउनु पर्ने भुक्तानी गरिनुपर्ने, बीमा कम्पनीले भुक्तानीमा गरेको ढिलाईको नियम बमोजिम ब्याज दिईनुपर्ने, अब्यवहारिक रहेको बीमा पोलिसीहरु बन्द गरिनुपर्ने, अन्र्तराष्ट्रिय मापदण्ड अनुसार बीमाको जोखिम मूल्य कायम गरिनुपर्ने, बचतमा आधारित बीमा कम्तीमा चक्रीय मुद्रा स्फित्ति वृद्धि सरह हुनु पर्ने लगायत रहेका छन ।

यस्तो छ, ध्यानाकर्षण पत्र :

यो पनि हेर्नुहोस ।

बाँकेमा बीमा पीडित संघर्ष समिति गठन, माग पुरा नगरे

बीमा कम्पनीमा तालावन्दी गर्ने चेतावनी

 

Next Post

मन्त्री हिमालको पहलमा बन्यो दुई वडा जोड्ने पुल

२०७९ आश्विन ९, आईतवार १५:१४
संवाददाता, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर र वडा नम्बर १२ बिक्री फाँटा जोड्ने झोलुँङ्गे पुलको आज उद्दघाटन गरिएको छ । एक समारोहका बीच लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले झोलुँङ्गे पुलको उद्दघाटन गर्नुभएको हो । झोलुँङ्गे पुल निर्माण भएपछि दुई वडाका […]