मन्त्री हिमालको पहलमा बन्यो दुई वडा जोड्ने पुल

  ।   २०७९ आश्विन ९, आईतवार १६:४३

संवाददाता, बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर र वडा नम्बर १२ बिक्री फाँटा जोड्ने झोलुँङ्गे पुलको आज उद्दघाटन गरिएको छ ।

एक समारोहका बीच लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले झोलुँङ्गे पुलको उद्दघाटन गर्नुभएको हो ।

झोलुँङ्गे पुल निर्माण भएपछि दुई वडाका स्थानीय खुसी भएका छन । मन्त्री हिमालको पहलमा लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय, गुलरिया बर्दिया मार्फत विएलटी जय वागेश्वरी सिस्ने जेभी, नेपालगंज बाँकेले भ्याट सहित २ करोड ५८ लाख ५० हजार ८८० रुपैंयाको लागतमा झोलुँङ्गे पुल निर्माण गरेको हो ।

पुलको लम्बाई ३५५ मिटर रहेको जनाईएको छ ।

Next Post

जनताको मुहारमा खुशी ल्याउने चाहना छ : प्रचण्ड

२०७९ आश्विन ९, आईतवार १६:४३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गनुर्भएको छ । चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन जानु भएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो धारणा राख्नुभएको […]