बाँके । पछिल्लो २४ घण्टामा बाँकेका आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा दुई हजार ९९० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टा बाँके जिल्लाबाट कोरोना भाइरस (कोभिड– १९) पुष्टि भएका २२८ जना निको भइ डिस्चार्ज भएका छन् । बिहान १५७ र साँझ ७१ जना भएका (डीसीसीएपसी) बाँकेले जनाएको छ ।
आइताबार डिस्चार्ज हुनेमा ७९ जना महिला र १४९ जना पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या दुई हजार ५८५ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
बाँकेमा कोरोना बिरामी निको हुनेदर ८६.४५ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ । अब बाँकेमा ३७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाबाट बाँकेमा हालसम्म ३० जनाको मृत्यु भैसकेको छ ।