कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु

  ।   २०८१ भाद्र १०, सोमबार १०:०३

नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।

पार्टी कार्यालयबाट वडा सभापतिहरुलाई क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । सभापति नारायण प्रसाद गौडेलसहित पार्टी पदाधिकारीले वडा सभापतिलाई सम्बन्धित वडाको क्रियाशील सदस्यता परिचयपत्र हस्तान्तरण गरेका छन् । “पहिलो दिन क्षेत्र नम्बर ३ का वडा सभापतिलाई बोलाएर कार्ड दिएका छौं, आइतबार क्षेत्र नम्बर १ र २ का वडा सभापतिलाई पार्टी कार्यालयबाटै परिचयपत्र वितरण गर्छौैं,” प्रबक्ता डिल्ली गिरीले भन्नुभयो ।

सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता गिरी, सदस्य रामचन्द्र गुप्ताले कार्ड वितरण गर्नुभएको थियो । वडा सभापतिले पार्टी छाडेका, पार्टीबाट कारबाही भएका, मृत्यु भएका र बुझाउन बाँकी रहेका बाँकी कार्ड तथा बुझाएको कार्डको भरपाई पार्टी कार्यालयमा बुझाउनुपर्नेछ ।

Next Post

सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक

२०८१ भाद्र १०, सोमबार १०:०३
पोखरा, । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ । हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गर्नुभएको थियो […]