सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न हतार नगर्नुस् : स्वास्थ्य मन्त्रालय

  ।   २०७७ भाद्र ६, शनिबार १७:३९

काठमाण्डौ । सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ ।

आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि ७ दिन पर्खनु पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थय परीक्षणका लागि ५ देखि सात दिन पर्खनु उत्तम हुन्छ ।

यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उहाँले आग्रह गर्नुभयो । अहिले काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको भनाई छ । उज्यालो अनलाइन

Next Post

कोभिडको उपचारमा प्रभावकारी रेमडिसिभर औषधि नेपालमा

२०७७ भाद्र ६, शनिबार १७:३९
काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। औषधि व्यवस्था विभागको अनुमतिपछि पहिलो पटक यसलाई वैधानिक रुपमा ल्याइएको हो। यसअघि वैधानिकता नपाउँदै कोरोना संक्रमितहरुले यो औषधि ल्याएर प्रयोग गर्दै आइरहेका थिए। नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ […]

सम्बन्धित शीर्षक