मटेहियामा प्रहरी कार्यालय उद्घाटन, संघीय सांसद अथक द्वारा प्रदेश सांसद नमुनाको खुलेरै प्रशंसा

  ।   २०७८ असार ५, शनिबार २२:०३

अशोक चौधरी                                                                बाँके । नरैनापुर गाउपालिकाको भोजभगवानपुरको इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गरिएको छ । मटेहियामा राखिएको ईलाका प्रहरी कार्यालय बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको हो ।

प्रदेश सांसद नमुना केसीको पहलमा प्रदेश सरकारको ०७७/७८ को बजेट विनियोजनमा तत्कालीन आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीको जोडमा ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रहरी प्रमुख एसपी ओम रानाले शिलान्यास गर्नु भएको छ ।

प्रहरी भवन शिलान्यास कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक)ले जनताको सुरक्षा गर्ने प्रहरी पहिले आफु सुरक्षित हुनुपर्ने आवश्यक रहेको जनाउँदै यो भवन निर्माणपछि सुरक्षाकर्मीको सुरक्षा हुने बताउनु भयो । उहाँले विकास निर्माण बढेपछि सुरक्षा थ्रेट समेत बृद्धि हुने हुँदा विकास निर्माणसँगै सुरक्षा निकायलाई पनि साधनश्रोत सम्पन्न गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा सांसद अथकले सो प्रहरीको लागि भवनको बजेट पार्न प्रदेश सांसद नमुनाले खेलेको भुमिकाको खुलेरै प्रशंसा समेत गर्नु भयो ।

सोही क्षेत्रका प्रदेश सांसद कृष्ण केसी नमुनाले आफु लगायत यस क्षेत्रका सांसदहरुले यो भवन निर्माणका लागि ठुलो दुख र परिश्रम गरेर बजेट ल्याउन सफल भएको बताउनु भयो । सांसद केसीले भन्नू भयो” जब नरैनापुरले सडक, बिजुली बत्ती, डुबान, सुरक्षा चुनौती ,आगलागी लगायतका तमाम समस्यामा झिलिरहेको थियोे, त्यति बेला सिमा क्षेत्रका सुरक्षाकर्मिहरुको भवन निर्माण गर्ने सोच आएको हो ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अब नरैनापुर पहिलेजस्तो दुर्गम नरहेको प्रष्ट पार्दै अब यो क्षेत्रमा उद्योग, कलकारखाना, कृषि र अन्य व्यवसया पनि फस्टाउनु पर्नेमा जोड दिए । उनले ईलाका प्रशासन कार्यालयलाई पनि छिटो भन्दा छिटो नरैनापुरमै ल्याइने बताउनु भयो ।

बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले भवनको अभावमा प्रहरीलाई काम गर्न निकै समस्या परेकोले यो भवन निर्माणका लागि सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्नु भयो ।

तीन करोड ९ लाख ९५ हजारको लागतमा निर्माण शुरु गरिएको सो भवन निर्माणको ठेक्का श्रीओम बुद्ध/वार्ईएस जेभी निर्माण कम्पनीले लिएको र एक वर्ष भित्र काम पुरा गर्ने गरि निर्माण सम्झौता भएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमले बताउनु भयो ।

Next Post

कोहलपुरको नगरसभाको नीति तथा कार्यक्रम पेश हुँदै

२०७८ असार ५, शनिबार २२:०३
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को दोस्रो लहर तथा भावि दिनमा […]