बुद्ध एयरले उडान थप्यो, हप्तामा ५ वटा उडान गर्ने

  ।   २०७८ श्रावण २०, बुधबार ०७:५७

पोखरा । बुद्ध एयरले सुरु गरेको पोखरा–नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । उडान सुरु गरेको एक हप्ता नहुँदै बुद्ध एयरले हप्तामा ५ वटा उडान गर्ने घोषणा गरेको हो ।

आईतबारदेखि हप्तामा तिन उडान गर्ने भन्दै सुरु गरेको एरलान्सले यात्रुको चाँप बढेपछि फ्लाइट संख्या बढाएको हो । अब मंगलवार र शनिवार बाहेक हप्ताको पाँच दिन उडान हुनेछ ।

यसअघि नाट्टा बाँकेले सीता एयरको जहाज चार्टर्ड गरेर पोखरा–नेपालगञ्ज सिधा उडान थालेको थियो । त्यो उडान सफल र आकर्षक भएपछि बुद्धले पनि उडान थालेको हो । बुद्धले यो रुटमा चार हजार ९ सय ३५ देखि सात हजार ६ सय ३५ रुपैयाँ भाडादर तोकेको छ । ईमेजखबर

Next Post

दार्चुला घटनाबारे संसदमा गृहमन्त्रीलाई सांसदको प्रश्नः भारतसमक्ष औपचारिक विरोध जनाउन र संसदीय समिति बनाउन एमालेको माग

२०७८ श्रावण २०, बुधबार ०७:५७
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले महाकाली नदीमा तुइन चढ्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी नदीमा वेपत्ता भएको विषयमा जवाफ मागेका छन् । मंगलबारको बैठकमा बोल्ने सबै दलका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडसँग घटनाको सत्य तथ्य के हो जस्ताको तस्तै सार्वजनिक गर्न माग गरे । सरकारले भारतसमक्ष आफ्ना […]