भेनेजुएलामा कोरोनाविरुद्धको खोप अभियान शुरु

  ।   २०७८ असार १६, बुधबार ०७:३२
unn.prixa.net

काठमाण्डाै | भेनेजुएलामा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । राजधानी काराकासमा सरकारी अधिकारीले व्यापक खोप अभियान शुरु गरेका हुन् ।

भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको सिन्ह्वाले जनाएको छ । क्युबा र भेनेजुएलाबीच भएको एक करोड २० लाख डोज खोप सम्झौता अनुसार झण्डै ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनुपर्छ ।

पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला पुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले बताएका छन् । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने र यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको उत्पादक कम्पनीको दाबी छ ।

Next Post

पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी

२०७८ असार १६, बुधबार ०७:३२
काठमाण्डाै | घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ […]