आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

  ।   २०७७ भाद्र ४, बिहीबार ०८:०३

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ती जारी गर्दै विभिन्न सेवाहरुलाई भने सहज तरिकाबाट सञ्चालन गर्न दिने भएको छ। थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज पनि कतै-कतै ठूलो पानी पर्ने संभावना

२०७७ भाद्र ४, बिहीबार ०८:०३
काठमाण्डौ । आज पनि कतै-कतै ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा […]