चिसोसँगै कोरोना भाइरस र मौसमी फ्लूको सङ्क्रमण बढ्न सक्ने

  ।   २०७७ कार्तिक १३, बिहीबार ११:०८

काठमाण्डौ । चिसोसँगै कोरोना भाइरस र मौसमी फ्लूको सङ्क्रमण बढ्न सक्ने भएकाले सचेत हुन डाक्टरले सुझाव दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सकेमा मौसमी फ्लूलगायतका सरुवा रोगबाट पनि जोगिन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार चिसो बढेसँगै मौसमी फ्लू, बालबालिकामा रोटा भाइरस र वयस्कमा कोरोना भाइरसको सङ्क्रमण देखिन सुरु हुन्छ ।

यो वर्ष मौसमी फ्लूका बिरामी पोहोर परारको तुलनामा कम देखिएका छन् । सामान्यतया भदौ मध्यदेखि नेपालमा मौसमी फ्लूका बिरामी भेटिने गरेकोमा यसवर्ष कोरोना भाइरसको सङ्क्रमण भएका धेरै बिरामी भेटिएका छन् । मौसमी फ्लूका बिरामी फाट्टफुट्ट मात्रै भेटिएका छन् ।

चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले मिचिमिची हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डाक्टर पुनको सुझाव छ ।

यस्तै तातो झोलिलो खानेकुरा खाने, बाहिरका खानेकुरा नखाने र सरसफाईमा ख्याल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

Next Post

भेरी अस्पतालको प्रयोगशालामा जाँच गरिएका कुल नमुना मध्ये ३ हजार ५ सय ८ वटामा कोरोना पुष्टि

२०७७ कार्तिक १३, बिहीबार ११:०८
नेपालगंज। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा आज थप ४३ जना कोरोना संक्रमित फेला परेका छन ।आज दिँउसो ३ बजे अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न ठाउँका गरी नयाँ संक्रमित थपिएका हुन । प्रयोगशालामा प्राप्त ४५ हजार ९ सय ९० वटा नमुना मध्ये सबै नमुनाको जाँच कार्य सकिएको छ । जाँच गरिएका […]