गण्डकी प्रदेशमा थपिए ४० संक्रमित

  ।   २०७७ भाद्र १९, शुक्रबार ०८:११

काठमाडौं । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

डा. शर्माका अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नं. ७ का १ जना, वडा नं। १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

लम्जुङ जिल्लाको मध्यनेपाल– १ मा १ जना र राईनाश– ९ मा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला– ३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अनलाइन खबर

Next Post

ललितपुरमा आज कफ्र्यु

२०७७ भाद्र १९, शुक्रबार ०८:११
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो । कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको […]