बाँकेबाट नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएका ४१ जना डिस्चार्ज

  ।   २०७७ आश्विन ४, आईतवार ०८:५०

बाँके । बाँके जिल्लाबाट आइतबार कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ४१ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आइतबार डिस्चार्ज हुनेमा ८ जना महिला र ३३ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार २४४ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ५९० जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ ।

बाँके र बाहिर जिल्लाका गरी अहिले ३३८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७८.२४ प्रतिशत, मृत्यु दर ०.६३ प्रतिशत र रोगको प्रकोप दर ०.२६ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको सचिवालय बैठक आज

२०७७ आश्विन ४, आईतवार ०८:५०
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले […]