बृहत जनसभामा दशहजारको उपस्थिति रहेको टिप्पणी, धार्दिङ जिल्ला भेलामा जम्मै जनता सडकमा

  ।   २०७७ माघ २३, शुक्रबार १७:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो । ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो । तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन ।

ओलीको जनसभामा १० देखि १५ हजारको बिचमा सहभागिता रहेको सहभागीहरुले टिप्पणी गरेका छन् । कार्यक्रममा जनता नजुटेपछि ओलीका सल्लाहकार सूर्य थापाले ओलीलाई मान्छे खासै छैनन्, भाषण सक्याउँदा हुन्छ भनेका थिए ।

आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । उनीहरुले सम्वोधनका

प्रतिगमन विरुद्धको संघर्ष भन्दै नेकपा धादिङले गरेको सभामा हजारौं मानिसहरु सहभागी भएका हुन् । सभामा उपस्थित भएर उनीहरुले ओली सरकारले गरेको असंवैधानिक कदमको विरोध गरेका छन् ।

सभामा सम्वोधन गर्दै नेकपाका नेता योगेश भट्टराईले ओलीको निरंकुशता अन्त्य भएरै छोड्ने बताए । उनले लोकतन्त्रको रक्षाका निम्ति जनतालाई सडकमा आउन आव्हान गर्दै ओलीको सर्वसत्तावाद धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

क्रममा सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको गुनासो गरेका थिए ।

सभामा गृहमन्त्री थापाले भने फेरि पनि अनौठो भाषण गरेका छन् । उनले सरकारको गृहमन्त्रीमा बसेर ‘आजदेखि तेस्रो जनआन्दोलन सुरु भयो’ भनेका छन् । तर, सरकारमा बसेर गरेको आन्दोलन कसका विरुद्ध ? यस प्रश्नको भने थापाले कार्यक्रममा कुनै स्पष्ट जवाफ दिएनन् । कार्यक्रममा वक्ताहरुले प्रचण्ड-नेपालले आफूहरुलाई काम गर्न नदिएको भन्दै आलोचना गरे ।

ओली समूहका नेता महेश बस्नेतले शुक्रबारको कार्यक्रममा देशभरिबाट ३ लाख जनता आउने दावी गरेका थिए । तर, उनको दाबी त्यतिबेला निरर्थक भयो, जतिबेला कार्यक्रममा खास सहभागिता जुटेन ।
ओलीको केन्द्रीय सभामा सहभागिता नजुटेकै दिन प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले भने धादिङमा विशाल जनसभा गरेको छ । तस्वीरहरु हेर्दा ओलीको केन्द्रीय सभामा भन्दा प्रचण्ड-नेपालको जिल्ला सभामा बढी सहभागिता देखिएको छ । जिल्ला सभालाई नेकपाका नेताहरु योगेश भट्टराई, शालिकराम जमरकट्टेल लगायतले सम्वोधन गरेका थिए ।

Next Post

प्रगतिशील पत्रकार संघको केन्द्रिय बैठक सम्पन्न, के कस्ता निर्णय गर्‍यो ?

२०७७ माघ २३, शुक्रबार १७:३३
काठमाडौं । प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनाशर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवासुविधासहित श्रमजीवी पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने  मिडिया हाउसहरुलाई प्रगतिशील पत्रकार संघले कारवाहीको माग गरेको […]

सम्बन्धित शीर्षक