असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र लामो दुरीका यातायात सुरु हुने

  ।   २०७७ भाद्र २९, सोमबार २१:५०

काठमाडौं । सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ छ।

Next Post

वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

२०७७ भाद्र २९, सोमबार २१:५०
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये […]