बैतडीमा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २७ जना घाइते

  ।   २०७७ कार्तिक २८, शुक्रबार ०६:२९

बैतडी । बैतडीको पाटन नगरपालिका- ८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार- ६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ ।

अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

Next Post

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

२०७७ कार्तिक २८, शुक्रबार ०६:२९
काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर […]