पुरन परियार बाँके । आज देखि चिसो ह्वात्तै बढेपछि खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक (तुफान) ले खजुरा बासीलाई सुरक्षीत भएर बस्न आग्रह गर्नु भएको छ । अध्यक्ष तुफानले चिसो सँगै कुहिरो, हुस्सु र सितलहरले जेष्ठ नागरिक, बालबालिकालाई प्रत्यक्ष असर पार्ने भएकोले चिसोबाट बच्न आग्रह गर्नु भएको हो ।
जनताका सुखदुःखका सारथी अध्यक्ष तुफानले चिसोबाट वच्न खजुरा -६ का वडा अध्यक्ष फारुक शेषलाई दाउरा वितरण गर्न निर्देशन दिनुभयो । खजुरा-६ का वडा अध्यक्ष शेषले बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिलाहरू सुरक्षीत रहुन भनेर दाउरा, कम्मल वितरण गर्ने घोषणा गर्नु भएको छ । तत्कालका वडा-६ मा जेष्ठ नागरिक, अपांग अशक्तहरुका लागि आवश्यक कपडा र कम्मल समेत उपलब्ध गराउने अध्यक्ष शेषले बताउनु भएको छ ।



