संवाददाता, खजुरा, बाँके ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँके स्थित खजुरा शाखाबाट मंगलबार एक जना जीवन बीमाकर्ताको रकम भुक्तानी गरिएको छ ।
छोराको नाममा बाल अमृत–१ जीवन बीमा गर्नुभएका खजुरा गाउँपालिका वडा नम्बर ६ का भीमकुमारी रोका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएपछि बीमा गरे बापतको रकम दाबी पछि भुक्तानी गरिएको हो ।
मृतक क्षेत्रीले छोरा नन्द किशोर बुढाको नाममा २९ असोज २०७७ मा १५ बर्षे अवधिको जीवन बीमा गर्नुभएको थियो ।
बीमितको अवधि नपुग्दै दाबी भुक्तानी परेपछि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल खातामा जम्मा हुने गरी दुई लाख रुपैयाँको चेक रकम उपलब्ध गराएको हो ।
अब बीमा अवधि सकिएपछि करिब ४ लाख रुपैयाँ थप उपलब्ध गराईनेछ । तर बीमीतले बीमा बापत अब बीमा कम्पनीलाई बीमा शुल्क दिईरहनुपर्ने छैन ।
बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड खजुरा शाखा प्रमुख बिबाकर रिमाल, बीमा अभिकर्ता यमुना घर्ति, मुख्य ब्यवासायिक प्रबन्धक विष्णु केसी, मान बहादुर डिसी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
पुरन परियारको सहयोगमा…