नरैनापुरको पूर्वी नहरको निमार्ण सुरु

  ।   २०७९ पुष १४, बिहीबार १०:२२


बाँके । नेपाली लगानिमै बनेको सिक्टा सिचाई आयोजना मार्फत कृषकहरुको खेतसम्म पानी पुर्याउनका लागि नरैनापुरको पूवी नहरको निमार्ण बुधबार देखि सुरु भएको छ ।
बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमूना) को पहलमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुर क्षेत्रमा नहरको निर्माण सुरु भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
गाँउपालिका अध्यक्ष शाहले भन्नुभयो, खास गरी निर्माण सम्पन्न नहुँदै नहरको केही भाग भत्कनुले नहरको निर्माण अबरुद्ध भए पछि उक्त नहर निर्माणका लागि गाँउपालिकाले लामो समय सम्म गरेको प्रयास पश्चात आजबाट निर्माण कार्य सुरु भएकोले अब सिचाईका लागि कृषकलाई सहज हुने जिकिर गर्नु भयो ।
पूर्वी नहर खण्डको ३७ किलोमिटरसम्मको नहरको निर्माण सक्दो छिटो सम्पन्न गर्ने गरी लागेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य नमूनाले भन्नुभयो, नरैनापुर र राप्ती सोनारीको केहि भाग सिचाई गर्नका लागि पुर्बी नहरको निर्माण गराउन सफल भएको बताउदै जनताको समस्या समाधान गराउन आफू कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले नरैनापुर र राप्ती सोनारीको बिकासका लागि प्रदेश र संघीय सरकारबाट बजेटको माग गरेको बताउनु भयो ।

Next Post

सुल्तान बाबा दरगाह कुट्टीको प्रदेश सांसद नमूना द्वारा उदघाटन

२०७९ पुष १४, बिहीबार १०:२२
बाँके । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ ।    कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै […]