कक्षा १२ को नतिजा प्रकाशित भएसगैं अब विद्यार्थी प्रमाण पत्रको प्रतिक्षामा छन । यस बर्ष राष्ट्रिय परिक्षा बोर्डले विगतका बर्षहरुमा भन्दा फरक ढंगले प्रमाण पत्रहरु उपलब्ध गराउने तयारी गरेको छ । जसअनुसार विद्यार्थीहरु अब राष्ट्रिय परिक्षा बोर्डको कार्यालयमा नगई प्रमाण पत्रका लागी आफनै विद्यालयमा पुग्नु पर्नेछ । प्रक्रियाहरु केके छन ? प्रमाण पत्र लिन कत्ति शुल्क लाग्छ ? यि र यस्तै प्रश्न लिई राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका कार्यालय प्रमुख भगवान प्रसाद पौडेललाई प्रेम विश्वकर्माले कुराकानी गर्नुभएको छ ।
१. कक्षा १२ उर्तिणा भएका विद्यार्थीले यसपटक प्रमाण लिने प्रक्रिया के छ ?
यस सम्बन्धमा, राष्ट्रिय परीक्षा बोर्डले कोभिडको कारणले गर्दा परीक्षा संञ्चालन गर्न पनि ज्यादै ढिला भयो ।
ढिलो भएको हुनाले सकेसम्म छिटै नतिजा प्रकाशित गरेर विद्यार्थी भाईबहिनीहरुलाई टीएमपी (ट्रान्सक्रिप्ट, प्रोभिजन्ल र माइग्रेसन) त्यो दिने प्रक्रिया अगाडी बढाउने कुरा भएको छ ।
त्यसमा रिजल्ट प्रकाशित भएको १५ दिन पछि मात्र हाम्रो सिस्टममा ति टीएमपीहरु अपलोड हुने भएको हुनाले रिजल्ट प्रकाशित भएको १५ दिन पछि हामी दिने प्रक्रियामा जान्छौं । र फागुन १ गतेबाट त्यसको लागी बिलिङ्ग गर्ने काम अघि बढ्छ ।
२. त्यही त कहाँ जाने बिलिङ्गका लागी, के गर्ने ?
अब विगतमा भईराखेको अनुसार सबै भाइबहिनीहरुले राष्ट्रिय परिक्षा बोर्ड (कोहलपुर) को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा १ हजार १ सय रुपैंयाको भौचर भरेर, त्यसपछि भौचरको ओसी (सक्कल) यहाँ कार्यालयमा ल्याएर आई बिलिङ्ग गर्ने र बिलिङ्ग गरेको ७ दिन भित्रमा हामीले टीएमपी दिने गरी राखेका थियौं ।
त्यो प्रक्रिया थियो भने अहिले चाँही कोभिडको कारणले गर्दा सबै भाईबहिनीहरुलाई कार्यालयमै बोलाउदा यहाँ बढी भीडभाड हुने, कोभिड संक्रमणको जोखिम बढी हुने संम्भावना भएकाले राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको लागी के गरेको छ, भने भाइबहिनीहरुलाई टीएमपीको लागी यहाँ नबोलाउने सबै विद्यालयहरुमा नै भाइबहिनीले पैसा जम्मा गर्ने, र उक्त विद्यालयले ग्रुपमा सबै भाइबहिनीहरुको पैसा बैंकमा पैसा जम्मा गरेर फेरी विद्यालयले नै यहाँ कार्यालयमा बिलिङ्ग गर्ने अनि हामीले त्यो विद्यालय भरीको टीएमपी एक मुष्ट विद्यालयमा दिएर, विद्यालयले नै बाँड्ने गरी अहिले अलिकति नयाँ परीपाटी अनुसार वितरण गर्ने भनी सूचना जारी गरीएको अवस्था छ ।
३. रकम छ नी, नियमित र आंशिकका लागी एउटै हो की, फरक–फरक छ ?
रकम एउटै हो, तर भाइबहिनीहरुले टीएमपी हराएर लिनुपर्ने भए त्यसलाई प्रतिकपी ३५० रुपैंयाका दरले जम्मा गर्नुपर्ने हुन्छ । र अन्यको हकमा ११ सय रुपैंया हो । तर पुरकको पनि अर्को सर्टिफिकेट लिनेको हकमा १ हजार ४ सय ५० रुपैंया बुझाउनु पर्ने हुन्छ ।
४. भनेपछि, अब कक्षा १२ उर्तिणा भएका सबै विद्यार्थीहरुले प्रमाण पत्रका लागी आफनै विद्यालयमा सम्र्पक गर्नुपर्ने भयो ?
हजुर, अहिलेको हकमा यो कोभिडको कारणले गर्दा विद्यालयमा हुदाँ संक्रमणको जोखिम पनि कम हुने, भएकाले त्यो अनुसार राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ ।
हामीले पनि सोही अनुसार सबै विद्यालयहरुमा सूचना पठाईसकेका छौं । र संम्बन्धित विद्यालयका प्रधानाध्यापक ज्यूहरुहरुलाई पनि, भाइबहिनीलाई यहाँ नपठाउन भनी सकेका छौं ।
५. यो कोहलपुरले हेर्ने क्षेत्रमा बिग्रीएको वा फरक परेका विवरण सच्याउने काम के कति छ ?
अन्य कार्यालयहरुको तुलनामा हाम्रो कार्यालयमा त्रुटिका केशहरु कमै छन ।
त्यही पनि जहाँ, जुन–जुन भाईबहिनीहरुको त्रुटि आएको छ, त्यो त्रुटिको बारेमा सम्बन्धित विद्यालयबाट सिफारिस पत्र, भएको के हो ? हुनुपर्ने के हो ? सिस्टममा अपलोड भएको ग्रेटसिटको कपी, उनीहरुले दिएको प्रवेश पत्रको फोटो कपी, यदी त्रुटि छ भने बिद्यार्थीले परीक्षमा हाजिर गरेको प्रमाणित प्रतिलिपी लिएर आए पछि हामीले विद्यार्थीलाई नपठाई हामी आफैले सानोठिमी पठाउछौं ।
र सानोठिमीले त्रुटि सच्याएर सिस्टममा अपलोड गरिसकेपछि हामीले त्यसपछि टीएमपी वितरण गछौं ।
६. परीक्षा बोर्डका कार्यालय अरु ठाँउमा पनि छन, एक ठाउँको विद्यार्थीले अर्को ठाउँको कार्यालयबाट प्रमाण पत्र लिन पाउने की नपाउने ?
पाउदैन, जस्तै हामीले बाँके र बर्दिया जिल्लाका टीएमपीहरु दिन्छौं । त्यस्तै सुर्खेतले कर्णाली प्रदेशको, सुदुरपश्चिमको हकमा धनगढीले दिन्छ । आ–आफनो क्षेत्र भित्रको मात्रै टीएमपीहरु दिने भन्ने हुन्छ, अहिलेको हकमा ।
ज्यादै पुरानो छ, भने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी, भक्तपुर जानुपर्ने हुन्छ । २०६८ पछिको भने हामीले यहीबाट दिन्छौं । तर ६८ देखी ७४ बीचको जुन दाङ्ग कार्यालयले हेर्छ, त्यो पनि हामीले नै यहीबाट वितरण गर्ने गरेका छौं ।
७. अहिलेको अवस्थामा कुनै विद्यार्थीले म आफै टीएमपी लिन्छु, भन्यो भने पाउँछ की पाउदैन ?
पाउदैन, भन्ने त छैन । तर अहिलेको सूचना अनुसार, नपाउने हो । जस्तै गत बर्ष जुन भाईबहिनीहरुले परीक्षा सन्र्दभमा ६ सय परीक्षा फारामको जम्मा भएको थियो ।
त्यसमा २ सय रुपैंया राष्ट्रिय परीक्षा बोर्डले राख्ने र ४ सय रुपैंया संम्बन्धित विद्यालयलाई परीक्षा संञ्चालन लगायतको काममा खर्च गर्ने भनी फिर्ता दिने भएको हुनाले, त्यले गर्दा विद्यालयले लियो भने त्यो पैसा शोध भर्ना लिन पनि सजिलो हुन्छ, भन्ने हो ।
बोर्डको सूचना अनुसार विद्यालयलाई नै जिम्मा दिनुहोस भन्नेछ । त्यसकारण हामीले यसैलाई जोड दिइरहेका छौं ।
८. अब अन्त्यमा, कसैलाई यसबारेमा बुझ्नु परेमा के गर्न सकिन्छ ?
त्यसो भएको भए, मेरो सम्र्पक नम्बर ९८५८०२०९५८ अथवा ०८१–५४१८८१ र ८८२ मा फोन गर्दा पनि हुन्छ । अथवा हाम्रो सूचना अधिकारी, कार्यालयका अन्य कर्मचारीबाट पनि उपलब्ध जानकारीहरु लिन सकिन्छ ।
गुडन्युज साप्ताहिक पत्रिकाबाट