नमुनाको उज्यालो अभियान गाउँ नै झिलिमिली

  ।   २०७९ कार्तिक २८, सोमबार १७:४०


बाँके । राप्तीसोनारीकी लक्ष्मी चौधरीले साँझको समयमा कहिलै विद्यालयको गृहकार्य गर्न पाएनिन् । विद्यालयमा घर फर्किन्थिन् र घरायसी काम गर्दागर्दै रात परिहाल्थ्यो । अनि उनको गृहकार्य गर्ने समय मिल्थ्यो । तर बत्ती नहुँदा उनले प्रायः बिहान गृहकार्य गर्थिन् ।
भन्छिन्, ‘साँझ घरायसी काम गर्नुपर्छ । रातको समयमा मात्र पढ्ने फुर्सद हुन्छ । बत्ती नहुँदा पढ्न पाइँदैन । बिहान काम धेरै हुँदा कहिले गृहकार्य गर्न छुट्छ ।’ उनी मात्र होइन, यहाँका विद्यार्थीको यही पीडा हो । नरैनापुरकी सरिता यादवलाई घरमा पाहुना आउँदा सधै अफ्ठ्यारो महसुस हुन्थ्यो । साँझ खाना खुवाउनेबेला बत्ती नहुँदा दियालोे, टुकीको भरमा उज्यालो गराउनु पथ्र्याे । भन्छिन्, ‘बत्ती नहुँदा धेरै सास्ती भयो ।’ नरैनापुरकै ७२ वर्षीय सत्यलाल यादवले दुई वर्षअघि मात्र गाउँमा बिजुली देखे । उनले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गरेका थिएनन् । २०७७ असार १६ गते गाउँमा पहिलोपल्ट बिजुली पुग्दा रातभर अनिँदो बसेर हेरिरहे । ‘टुकी बाल्दै यतिका वर्ष बिताइयो, पहिलोपल्ट बिजुली बलेको दिन रातभर निदाउनै सकिएन, हेरिरहेँ,’ उनले त्यो दिन सम्मmँदै भने, ‘अहिले गाउँका सबै धरमा बिजुली पुगेको छ ।’ गंगापुर गाउँका ७५ वर्षीय भुपनारायण यादवले पनि गाउँमा बिजुली बल्ला भन्ने आशा मारिसकेका थिए । प्रत्येक चुनावमा उम्मेदवारको आकर्षक ‘उज्यालो’ नाराले उनी आजित भइसकेका थिए । प्रत्येक चुनावमा नेताहरू उज्यालो दिने सपना बाँडेर भोट लिन्थे,’ उनले भने, ‘हाम्रो भोटले नेताहरूको भविष्य उज्यालियो, गाउँ ज्यूँका त्यूँ रह्यो ।’ उनका अनुसार २०७४ सालको प्रदेशको चुनावमा निर्वाचित भएकी कृष्णा केसी (नमुना) ले भने गाउँ उज्यालो बनाइन् । उनले जितेपछि नागरिकको उज्यालो सपना साकार पारिदिइन् । ‘नमुनाले उज्यालोमा रमाउने हाम्रो दशकौंको सपना पूरा गरिदिनु भएको छ,’ यादवले भने ।उक्त गाउँमा बिजुली नहुँदा कुटानीपिसानीका लागि स्थानीय मिल भएको टाढाको गाउँ पुग्नुपथ्र्यो । बिजुली आएपछि गाउँमै मिल बन्दा दैनिकी सहज भएको छ । बिजुलीले बस्तीमात्र होइन, खेतखलिहान पनि उज्यालिएको छ । सिँचाइ अभावले बन्जर बनेका जमिनहरूमा हरियाली देखिन थालेपछि किसानहरू पनि खेतीपातीतर्फ हौसिएका छन् । ग्रामीण बस्तीमा बिजुलीको सुविधा पुगेपछि किसानहरुको मुहार उज्यालिएको छ । यस भेगका किसानको महŒवपूर्ण आवश्यकता थियो, ‘सिँचाइ ।’ सिँचाइको भरपर्दो व्यवस्था नभइदिँदा प्रशस्त अन्नबाली कल्पनाको मात्र विषय हुन्थ्यो । बिजुली आएसँगै सिँचाइको व्यवस्था भएपछि पहिलापहिलाजस्तै खेतमा बहुअन्न उब्जाउन सकिने वातावरण बन्दै जान थालेको छ ।   
यहाँका विद्युतीकरणका लागि कृष्णा केसी नमुनाले महŒवपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरिन् । राप्तीपारि विद्युत् पु¥याउने २७ वर्ष अघिदेखिको सपना थियो । समितिमार्फत काम गर्ने भनिएको थियो ठेक्कासमेत भएको ११ वर्ष भएको थियो । तर काम केही पनि भएको थिएन । राप्तीपारि सामुदायिक विद्युतीकरणका लागि प्रयास गरेको ११ वर्षसम्म पनि बत्ती नबलेपछि यस क्षेत्रका प्रदेश सांसद नमुना आफैँ अग्रसर भइन् । ‘गाउँमा बत्ती बाल्ने नागरिकको ठूलो सपना थियो । तर पनि काम भएको थिएन,’ उनले भनिन्, ‘गाउँमा बत्ती पु¥याउन अहिले भइरहेको सम्झौता रद्द गरेर नयाँ तरिकाले जाने योजना बनाए । सोहीअनुसार विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेँ ।’ त्यहाँ उनले पुरानो ठेक्का स्थगित गर्ने प्रक्रियाका बारेमा छलफल गरिन् । ‘ठेक्का स्थगित गरेर प्राधिकरण आफैँले काम गर्नुपर्छ । यसो गरिएन भने राप्तीपारिका जनतालाई अन्याय हुन्छ,’ उनले समन्वयनका ति दिन सम्झिँदै भनिन्, ‘क्षेत्रीय कार्यालयले सहमति त जनायो तर, मन्त्रालयसँग समन्वयन गर्नुपर्ने बतायो ।’ उनले मन्त्रालयमा समन्वय गरिन् र ठूलो कसरतपछि विद्युतीकरणको योजना अलपत्र पार्ने ठेकेदारको सम्झौता स्थगित भयो । त्यतिबेला मुद्दा अदालतसम्म पुग्यो । त्यतिबेला उनले अदालतसम्म पुगेर भनेकी थिइन्, ‘जनतालाई वर्षाैंसम्म बत्ती नदिनु अन्याय हो । बत्ती बाल्न पाउनुपर्ने यहाँका नागरिकको अधिकार हो । म त्यस क्षेत्रको निर्वाचित जनप्रतिनिधि हो । मैले जनताबाट म्यान्डेट पाएको छु । यदी राप्तीपारिका जनतालाई अन्धकारमै राख्ने कुनैखाले निर्णय भए जनतालाई ल्याएर न्यायालयको गेटमा धर्ना बस्छु ।’ न्यायालय पनि यहाँको जनताको पक्षमा निर्णय सुनायो र विद्युतीकरणको लागि बाटो खुल्यो ।
कोरोना भाइरसको समयमा कामले तिव्रता पाएको थियो । त्यतिबेला विभिन्न बाधा अड्चना आइपरे । जसको नेतृत्व उनले गरिन् । जनतालाई एक ठाउँबाट अर्काे ठाउँ जानै गाह्रो थियो । कामभन्दा ज्यान बचाउने मान्छेमा थियो । तर पनि चुनौतीसँगै सम्भावना पनि हुन्छन् भने झै विद्युतीकरणमा देखियो । भारतमा गएर रोजगारी खोसिएका व्यक्तिलाई सुरक्षित रहने गरी रातारात काम गरियो । कोरोनाबेला अझ बढी बत्ती आवश्यक थियो । विद्युतीकरण भएको एक महिनाभित्र विद्युत् बलेको थियो ।       

Next Post

असल छिमेकी सामुदायिक अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट १५० बढीले सेवा लिए

२०७९ कार्तिक २८, सोमबार १७:४०
राजकुमार चौधरी, नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० शोफिया टोलमा रहेको असल छिमेकी सामुदायिक अस्पतालमा शनिबार कार्तिक २६ गते देखी शुरु भएको निशुल्क स्वास्थ्य शिविर आज तेस्रो दिन पनि जारी रह्यो । स्वास्थ्य शिविरमा नाक, कान, घाँटी लगायतको स्वास्थ्य सम्बन्धि समस्याको बिशेषज्ञ डाक्टर प्रकाश बसेल लगायतका चिकित्सकहरुबाट निशुल्क चेकजाँच […]

सम्बन्धित समाचार