राष्ट्र बैंकले बुधबार बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

  ।   २०७७ मंसिर १७, बुधबार ०८:५०

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ ।

आज केन्द्रीय बैंकले यो परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्नेछ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो ।

बैंकले सावा तथा ब्याज भुक्तानी आउँदो पुस १५ गते गर्नेछ ।

Next Post

स्थानीय तहले सरकारी जग्गाको हक हस्तान्तरण गर्न नपाउने

२०७७ मंसिर १७, बुधबार ०८:५०
काठमाडौं । सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ। कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको हो। […]

सम्बन्धित शीर्षक