भुकम्पका घाइतेहरुको उपचार गर्न भेरी अस्पतालको तयारी पुरा

  ।   २०८० कार्तिक १८, शनिबार ०९:४४

नेपालगन्ज । जाजरकोटलाई केन्द्रविन्दू बनाएर गत राति  गएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारको ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीको व्यवस्थापन गरेको हो ।

समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुँईतलामा भुकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकता अनुसार बेड तयारी अवस्थामा राखिएको बताउनुभयो । जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म ९२ जनाले ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालले थप शव फेला परेको जानकारी दिदै शनिबार बिहान ७ बजेसम्म ७३ जनाको मृत्यु भएको र १ सय ८ जना घाइते भएको बताउनुभयो ।

‘अहिलेसम्म ९२ जनाको मृत्यु हुनुका साथै १ सय १० जना घाइते भएको जानकारी आएको छ,’ ढकालले भन्नुभयो  ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ ।’ जाजरकोटलाई केन्द्रबिन्दु पारेर शुक्रबार मध्यराती भूकम्प गएको थियोे । भूकम्प नेपालगन्ज लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो । राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Next Post

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा निःशुल्क

२०८० कार्तिक १८, शनिबार ०९:४४
काठमाडौ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने […]