युनेस्कोद्धारा बर्दियामा बाल संरक्षणकालागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न

  ।   २०७८ आश्विन ५, मंगलवार ११:५९

नेपालगन्ज । जिल्ला समन्वय समिती बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नितिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो । उक्त सम्वाद कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले जिल्लाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि नितिगत विषयहरुमा छलफल गरेर कार्यान्वयन गर्नका लागि यो महत्वपुर्ण सम्वाद गरिएका बताउनुभयो । उहाँले प्लान नेपाल र बाँके युनेस्को क्लबले बालविवाह रोकथाम र बालअधिकार तथा मानवबेचविखन विरुद्ध गरेका कार्यक्रमको जिल्लामा निकै सकारात्मक प्रभाव परिरहेको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्टले बाल संरक्षण र सेवा प्रवाहका लागि स्थानीय तहले ठोस निति निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त सम्वाद कार्यक्रममा बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बढैयातालका अध्यक्ष लाल बहादुर श्रेष्ठले पनि बाल संरक्षण, बाल अधिकार र बालविवाह रोकथामका लागि आफुहरुले विभिन्न नितिहरु बनाएको बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका समन्वय अधिकारी कृष्ण चापागाई र मधुवन, ठाकुरद्धारा र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले क्लबले सञ्चालन गरेको परियोजनाबाट समुदायमा बाल अधिकार र बाल संरक्षणको चेतना जागृत हुनुका साथै वालविवाह रोकथाममा प्रभावकारी काम भएको बताउनुभयो । सो सम्वाद कार्यक्रमबाट सहभागिाहरुमा बर्दियाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि तयार गरिएका निति र नियमहरुको कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने साझा धारणा बनेको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ का संयोजक बसन्त विसीले बताउनुभयो ।

Next Post

स्कुल खुले, विद्यार्थी पूरा छैनन्

२०७८ आश्विन ५, मंगलवार ११:५९
फोटो : नेपालगन्जको स्प्रिङ डेल एकेडेमीमा भौतिक रुपमा पठनपाठन हुँदै । संवाददाता, नेपालगन्ज । शैक्षिकशत्र सुरु भएको पाँच महिनापछि आइतबार (२७ गते भदौ) बाँकेका सबै स्थानीय तहका शैक्षिक संस्थाहरु खुलेका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको १७ भदौमा बसेको बैठकले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मात्र जिल्लाका सबै स्थानीय […]