स्कुल खुले, विद्यार्थी पूरा छैनन्

बाँकेमा भौतिक रुपमै पठनपाठन सुरु

  ।   २०७८ आश्विन ६, बुधबार १८:२२

  • फोटो : नेपालगन्जको स्प्रिङ डेल एकेडेमीमा भौतिक रुपमा पठनपाठन हुँदै ।

संवाददाता, नेपालगन्ज ।

शैक्षिकशत्र सुरु भएको पाँच महिनापछि आइतबार (२७ गते भदौ) बाँकेका सबै स्थानीय तहका शैक्षिक संस्थाहरु खुलेका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको १७ भदौमा बसेको बैठकले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मात्र जिल्लाका सबै स्थानीय तहका विद्यालय खुलेका हुन् ।

‘शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्नुपर्ने’, निर्णमा उल्लेख गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दर कम हुँदै गएपछि विद्यालय सञ्चालन गर्न बाटो खुला गरेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले महामारीमा शिक्षाले बालबालिकाको भविष्यमा अन्योलताको विषयलाई ‘शिक्षासंग सम्बन्धित स्मार्ट लकडाउन कार्ययोजना’ ल्याइ विद्यालय सञ्चालन गर्नका लागि बाटो खुलाएको हो ।

सोही कार्ययोजना अनुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्नका लागि रेड जोन, मिश्रित जोन, पहेँलो जोन, ग्रीन जोन गरी चार तहमा विभाजन गरिएको छ ।

मिश्रित जोनमा कोहलपुर नगरपालिका र पहेँलो जोनमा नेपालगन्ज उपमहानगरपालिका परेका थिए । अन्य ६ पालिका भने ग्रीन जोनमा भएकाले भौतिक रुपमा विद्यालय सञ्चालन भएका थिए ।

बाँकेका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेकका अन्य ६ वटा स्थानीय तहले भने यसअघि नै भौतिक रुपमा विद्यालय सञ्चालन गरिसकेका थिए ।

मिश्रित र पहेँलो जोनमा रहेका क्षेत्रले भने तत्काल विद्यालय खोल्न नपाउने भनिए पनि सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भइरहेका छन् ।

नेपालगन्जको स्प्रिङ डेल एकेडेमीमा आइतबार कक्षा १२ का झन्डै शत्प्रतिशत विद्यार्थीहरु पढ्न आए । कक्षा १० भने भने १० प्रतिशत विद्यार्थी विद्यालय आएनन् । विद्यालयका प्रिन्सिपल शरदचन्द्र रावलले भन्नुभयोे, ‘झन्डै ७५ प्रतिशत विद्यार्थी मात्र पढ्न आएका छन् । विद्यालयले मास्क र सेनिटाइजर अनिवार्य गरेको छ । भौतिक दुरी पनि पालना गरेको छ ।’ विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेको छ ।

शैक्षिक शत्र सुरु भएको ५ महिनापछि आइतबारदेखि अधिकांश जिल्लाका अधिकांश विद्यालय खुलेका छन् । नेपालगन्जको स्प्रिङ डेल एकेडेमी मात्र होइन, आइतबार नगरका अधिकांश विद्यालय भौतिक रुपमा खुला त भए तर पर्याप्त विद्यार्थी भने पढ्न आएनन् । अझै पनि नगरका केही विद्यालय भने खुलेका छैनन् ।

प्याव्सनको नेपालगन्ज नगर समितिका अध्यक्ष विकास बज्राचार्य भौतिक रुपमा विद्यालय खुले पनि अझै विद्यार्थीहरु पढ्न नआएको बताउँनुहुन्छ । ‘अधिकांश विद्यालय त खुलेका छन् । अझै पनि केही विद्यालय खुलेका छैन । धेरै विद्यार्थी भएका विद्यालयले दुई सिफ्टमा खुलेका छन्’, बज्राचार्यले भन्नुभयो, ‘अहिले औसत रुपमा २५ देखि ३० प्रतिशत विद्यार्थीे मात्र पढ्न आएका छन् ।’

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार जिल्लामा ३६० वटा सामुदायिक विद्यालय छन् । जहाँ एक लाख ६१ हजार ४३ जना विद्यार्थी छन् ।

१७५ संस्थागत (नीजि) विद्यालयमा एक लाख ६१ हजार ४३ जना विद्यार्थी छन् । त्यस्तै ११० वटा मदरसा र ४ वटा गुरुकुल छन् । प्रमुख यादवले भन्नुभयोे, ‘जिल्लाका सबै स्थानीय तहका विद्यालय भौतिक रुपमा पठनपाठन गर्न खुलिसकेका छन् । विद्यालय खुले पनि पूर्ण रुपमा विद्यार्थी पढ्न आएका छैनन् ।’

गुड न्यूज साप्ताहिक पत्रिकाबाट …

Next Post

युनेस्कोद्धारा बर्दियामा बाल अधिकार संरक्षण सम्बन्धि तीन दिने तालिम सञ्चालन 

२०७८ आश्विन ६, बुधबार १८:२२
नेपालगञ्ज । बाँके युनेस्को क्लबले बर्दियामा ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ सञ्चालन गरेको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा तथा राष्ट्रिय बाल अधिकार […]