२४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण, ३ हजार ५६४ जना डिस्चार्ज

  ।   २०७७ आश्विन २९, बिहीबार १८:००

काठमाण्डौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार तीन हजार सात सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।

अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बिहीबार काठमाण्डौमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा सङ्क्रमण देखिएको छ ।

Next Post

कोरोना सङ्क्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

२०७७ आश्विन २९, बिहीबार १८:००
काठमाण्डौ । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई पनि परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले […]

सम्बन्धित समाचार